बिहानी कपको उपाधि दिङलालाई

भोजपुर, ५ भदौ । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा बोखिमलाई हराउँदै दिङला विजेता बन्न सफल भएको छ । दोस्रो संस्करणको रुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा चार गोल गर्दे दिङलाको षडानन्द मावि बिहानी कप फुटबलको विजेता [...] The post बिहानी कपको उपाधि दिङलालाई appeared first on Jhapa Online.

Sep 21, 2024 - 15:26
 0
बिहानी कपको उपाधि दिङलालाई

भोजपुर, ५ भदौ । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा बोखिमलाई हराउँदै दिङला विजेता बन्न सफल भएको छ ।

दोस्रो संस्करणको रुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा चार गोल गर्दे दिङलाको षडानन्द मावि बिहानी कप फुटबलको विजेता बनेको हो ।

बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा सञ्चालित प्रतियोगिताको विजेता दिङलाले नगद ४४ हजार चार सय ४४ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको बोखिमले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

The post बिहानी कपको उपाधि दिङलालाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register