मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा ३५५ संदिग्ध पक्राउ

काठमाडौं । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ संदिग्धलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी महानिरीक्षक रज्जारुद्दिन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी)का बाँकी सदस्य पत्ता लगाउन गरिएको अनुसन्धानका क्रममा संदिग्धलाई नियन्त्रणमा लिइएको बताए । प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका निम्ति विवादास्पद जीआईएसबी […]

Sep 22, 2024 - 08:57
 0
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा ३५५ संदिग्ध पक्राउ

काठमाडौं । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी महानिरीक्षक रज्जारुद्दिन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी)का बाँकी सदस्य पत्ता लगाउन गरिएको अनुसन्धानका क्रममा संदिग्धलाई नियन्त्रणमा लिइएको बताए ।

प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका निम्ति विवादास्पद जीआईएसबी समूहलाई अनुसन्धानको दायरामा राखेको थियो ।पक्राउ परेकामध्ये जीआईएसबीका नेता नसिरुद्दिन अलीसहित अरू ३० सदस्य थिए ।

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ परिसरमा छापा मारेको रज्जारुद्दिनले बताए । अपरेसनमा कम्तीमा १८६ पीडितको उद्धार गरिएको उनले जानकारी दिए ।

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दिन हुसेनले मंगलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ बैंक खाता ‘फ्रिज’ गरेको बताएका थिए । त्यसमा लगभग एक लाख २४ हजार डलर मौज्दात थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register