काठमाडौं आउन लाग्दा धनगढी विमानस्थलमै ढलेर एक यात्रुको गयो ज्यान

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर कैलालीको गोदावरी नगरपालिका –२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

Sep 22, 2024 - 10:33
 0
काठमाडौं आउन लाग्दा धनगढी विमानस्थलमै ढलेर एक यात्रुको गयो ज्यान

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर कैलालीको गोदावरी नगरपालिका –२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।

उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register