आईसीसी विश्वकप लिग-२ : टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा हुने खेलमा नेपालले जितका लागि संघर्ष गर्नेछ । नेपालको पहिले ब्याटिङ गर्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन । यसपटक पनि ओपनर कुशल भुर्तेल, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई बाहिर […]

Sep 22, 2024 - 16:09
 0
आईसीसी विश्वकप लिग-२ : टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा हुने खेलमा नेपालले जितका लागि संघर्ष गर्नेछ ।

नेपालको पहिले ब्याटिङ गर्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन । यसपटक पनि ओपनर कुशल भुर्तेल, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई बाहिर राखेर अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेखलाई टोलीमा निरन्तरता दिइएको छ ।

पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भयो ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), अनिलकुमार साह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register