भारत–नेपाल सम्बन्धमा अझ गति थप्न तत्पर छौँ : प्रधानमन्त्री मोदी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ऊर्जा प्रवर्द्धन, सूचना प्रविधि र व्यापारका विषयमा छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनले क्रममा न्युयोर्कमा आज भएको भेटमा जलविद्युत्को विकास र सूचना प्रविधिको विकास र व्यापारका विविध पक्षमा छलफल भएको भेटपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । […]

Sep 23, 2024 - 02:09
 0
भारत–नेपाल सम्बन्धमा अझ गति थप्न तत्पर छौँ : प्रधानमन्त्री मोदी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ऊर्जा प्रवर्द्धन, सूचना प्रविधि र व्यापारका विषयमा छलफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनले क्रममा न्युयोर्कमा आज भएको भेटमा जलविद्युत्को विकास र सूचना प्रविधिको विकास र व्यापारका विविध पक्षमा छलफल भएको भेटपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न आफू तत्पर रहेको बताएका छन् ।

उनले एक्समा लेखेका छन् –न्यूयोर्कमा प्रधानमन्त्री केपी ओलीसँग धेरै राम्रो छलफल भयो । भारत–नेपालमैत्री सम्बन्ध धेरै बलियो छ र हामी हाम्रो यस सम्बन्धमा अझ बढी गति थप्न तत्पर छौं। हाम्रो वार्तामा ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयहरूमा केन्द्रित थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register