भारतसँग किनेको चिनी नेपाल भित्रियो, प्रतिकेजी मूल्य १०७ रुपैयाँ

काठमाडौं । भारतबाट खरिद गरिएको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले भारतबाट खरिद गरेको चिनी नेपाल आइसकेको जनाएको हो । उक्त चिनीको मूल्य प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा तोकिएको छ । भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले […]

Sep 23, 2024 - 08:05
 0
भारतसँग किनेको चिनी नेपाल भित्रियो, प्रतिकेजी मूल्य १०७ रुपैयाँ

काठमाडौं । भारतबाट खरिद गरिएको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले भारतबाट खरिद गरेको चिनी नेपाल आइसकेको जनाएको हो ।

उक्त चिनीको मूल्य प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा तोकिएको छ । भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरेको थियो । त्यसमध्ये तीन वटा कम्पनीले दुई हजार सात सय मेट्रिक टनका दरले चिनी ल्याएका छन् । चार वटा कम्पनीले ल्याउन नसकेपछि सम्झौता खारेज गरिएको विभागले जनाएको छ ।

गत वर्षको दशैंमा चिनीको हाहाकार मच्चिएको थियो । यस वर्ष भने बजारमा चिनी सर्वत्र उपलब्ध छ । तोकिएको भन्दा बढी चिनीको मूल्य लिएमा कारबाही गरिने विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register