हल्दिबारीमा आगलागी हुँदा गिरीको घर जलेर नष्ट

हल्दीबारी, ७ असोज । झापाको हल्दीबारी गाउँपालिका–३ मा मध्यरातमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गए मध्यराती अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी––३ रमाईलो चोकका तारा बल्लब गिरीको काठको घरमा आगलागी भएको थियो । आगलागीबाट गिरीको घर पूर्ण रुपले जलेर नस्ट भएको छ । घरमा भएको अन्नपात, ९ वटा बाख्रा तथा खसि आगोले [...] The post हल्दिबारीमा आगलागी हुँदा गिरीको घर जलेर नष्ट appeared first on Jhapa Online.

Sep 23, 2024 - 08:02
 0
हल्दिबारीमा आगलागी हुँदा गिरीको घर जलेर नष्ट

हल्दीबारी, ७ असोज । झापाको हल्दीबारी गाउँपालिका–३ मा मध्यरातमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गए मध्यराती अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी––३ रमाईलो चोकका तारा बल्लब गिरीको काठको घरमा आगलागी भएको थियो ।

आगलागीबाट गिरीको घर पूर्ण रुपले जलेर नस्ट भएको छ । घरमा भएको अन्नपात, ९ वटा बाख्रा तथा खसि आगोले जलेर मृत्यु भएको छ । भद्रपुर र मेची नगरपालिकाबाट आएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आज बिहान ४ः०० बजेको समयमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको स्थानीयबासीहरुले बताएका छन् । आगलागीमा मानबिय क्षति भने नभएको र आगलागी के कुन कारणले भएको भन्ने यकिन नभएको बताइएको छ ।

The post हल्दिबारीमा आगलागी हुँदा गिरीको घर जलेर नष्ट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register