भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकार संकलन

काठमाडौँ । भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकार संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ महिनामा सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकार संकलन भएको हो । यो पुँजीगत लाभकार चालु आर्थिक वर्षको साउनको तुलनामा ३९ प्रतिशतले कम हो । साउन महिनामा ४ अर्ब २३ […]

Sep 23, 2024 - 09:45
 0
भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकार संकलन

काठमाडौँ । भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकार संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ महिनामा सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकार संकलन भएको हो ।

यो पुँजीगत लाभकार चालु आर्थिक वर्षको साउनको तुलनामा ३९ प्रतिशतले कम हो । साउन महिनामा ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

एक महिनाको अवधिमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको सीडीएससीले जनाएको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register