के सर्पले साँच्चै शत्रुसँग बदला लिन्छ ?

एजेन्सी । पौराणिक कथा र हिन्दु धर्ममा सर्पलाई एक शक्तिशाली प्रतिक मानिन्छ । धेरै ठाउँमा सर्पको पूजा पनि गरिन्छ । भगवान् शिवको गलामा पनि सर्प देखिन्छ, भने भगवान् विष्णु सात टाउको भएको सर्पमा आराम गर्छन् । पौराणिक कथाहरूमा विशेष शक्तिहरू भएका सर्पहरूको सयौँ सन्दर्भ पाइन्छ । यसरी सर्पलाई लिएर हजारौँ मान्यता र मिथक छन् । […]

Sep 23, 2024 - 10:01
 0
के सर्पले साँच्चै शत्रुसँग बदला लिन्छ ?

एजेन्सी । पौराणिक कथा र हिन्दु धर्ममा सर्पलाई एक शक्तिशाली प्रतिक मानिन्छ । धेरै ठाउँमा सर्पको पूजा पनि गरिन्छ । भगवान् शिवको गलामा पनि सर्प देखिन्छ, भने भगवान् विष्णु सात टाउको भएको सर्पमा आराम गर्छन् ।

पौराणिक कथाहरूमा विशेष शक्तिहरू भएका सर्पहरूको सयौँ सन्दर्भ पाइन्छ ।

यसरी सर्पलाई लिएर हजारौँ मान्यता र मिथक छन् । यीमध्ये अधिकांश मिथक सपेराले फैलाएका हुन्, जस्तै “सर्प दुध पिउँछन् । आज हामी तपाईंलाई के सर्पले साँच्चै दुध पिउँछन् ? शत्रुसँग बदला लिन्छन् ? भन्ने बारेमा बनाउनेछौँ ।

के सर्प आफ्नो शत्रुसँग बदला लिन्छन् ?

तपाईंले सर्पलाई कुनै प्रकारले चोट पुर्‍याउनुभयो भने उसले तपाईंलाई सधैँ सम्झन्छ र बदला पनि लिन्छ भन्ने सुन्नुभएको होला तर, वास्तवमा यस्तो हुँदैन । सर्पमा बदला लिनको लागि मानिस वा स्थान सम्झन आवश्यक बुद्धि हुँदैन ।

तपाईंले सुन्नुभएको होला कि यदि तपाईंले कुनै सर्पलाई मार्नुभयो भने उसको साथीले तपाईंलाई खोज्छ । तर, यो पनि एक मिथक हो । वास्तवमा सर्प प्रतिशोधी जनावर होइन र तिनीहरूलाई चोट पुर्‍याउने मानिस पछ्याउने वा पत्ता लगाउन कुनै चासो पनि दिँदैन । केही चिजसँग जब असुरक्षा महसुस गर्छ तब मात्र सर्पले रक्षाको लागि डस्ने गर्दछ ।

सर्पले दुध पिउँछन् ?

धेरै मानिसहरूले नाग पञ्चमीको दिन सर्पलाई दुध दिन्छन्, तर, के साँच्चै सर्प दुध पिउँछन् ? वास्तवमा, सर्पले दुध पिउँदैनन् तर, पानी पिउँछन् । सर्पहरू सरीसृप हुन् र तिनीहरूको दुधसँग कुनै सम्बन्ध छैन ।

केवल स्तनधारी जीवले मात्र दुध उत्पादन गर्न सक्छन् । यस कारण गैर–स्तनधारी जीवमा दुधप्रति रुचि हुँदैन । तर, डिहाइड्रेशनको अवस्थामा सर्पले कुनै पनि उपलब्ध तरल पिउन सक्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register