भीम रावल भन्छन्- जनताले चाहे पार्टी नखोल्ने भन्ने हुँदैन

काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले आफ्नो बाँकी राजनीति जनताको चाहनामा निर्भर रहने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “राजनीतिक पार्टी, सङ्गठन, मोर्चा भनेको एउटा माध्यम मात्रै हो, त्यो जनताका लागि हुनुपर्छ, योचाहिँ अनिवार्य हो । मैले जे गर्छु, जनताका लागि गर्ने हो […]

Sep 23, 2024 - 10:09
 0
भीम रावल भन्छन्- जनताले चाहे पार्टी नखोल्ने भन्ने हुँदैन

काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले आफ्नो बाँकी राजनीति जनताको चाहनामा निर्भर रहने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“राजनीतिक पार्टी, सङ्गठन, मोर्चा भनेको एउटा माध्यम मात्रै हो, त्यो जनताका लागि हुनुपर्छ, योचाहिँ अनिवार्य हो । मैले जे गर्छु, जनताका लागि गर्ने हो । त्यसो भएपछि जनताकै चाहनाअनुसार भावी राजनीति तय गर्छु,” उनले भने ।

उनलाई पत्रकारहरूले नयाँ पार्टी खोल्ने हो ? भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भने, “जनताको चाहनाअनुसार जाने हो, यदि तपाईंहरूजस्तो जनताले भने भने हुँदैन भन्ने हुँदैन ।”

फरक प्रसङ्गमा रावलले पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गरेकै कारणले कसैलाई किनारकृत गर्न जबजविरुद्ध भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register