बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक साविक पोखरी नारायणस्थान गाविस वडा नं ६ हाल परिवर्तित तेमाल गाउँपालिका वडा नं ५ घर भई जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय सशङ्क लामा रहेका छन् । उनी काठमाडौँ जिल्ला अदालत बबरमहल […]

Sep 23, 2024 - 09:53
 0
बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक साविक पोखरी नारायणस्थान गाविस वडा नं ६ हाल परिवर्तित तेमाल गाउँपालिका वडा नं ५ घर भई जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय सशङ्क लामा रहेका छन् ।

उनी काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई असोज ६ गते काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register