भदौमा साढे १० प्रतिशतले घट्यो घरजग्गा कारोबार 

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको भदौको तुलनामा यस पटक घरजग्गाको कारोबार १० दशमलव ५९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा ३६ हजार ६८६ वटा लिखत पारित भएका थिए । […]

Sep 23, 2024 - 08:17
 0
भदौमा साढे १० प्रतिशतले घट्यो घरजग्गा कारोबार 

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा घरजग्गाको कारोबार घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको भदौको तुलनामा यस पटक घरजग्गाको कारोबार १० दशमलव ५९ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा ३६ हजार ६८६ वटा लिखत पारित भएका थिए । उक्त संख्यामा यस पटक १० दशमलव ५९ प्रतिशतले घटेर ३२ हजार ७९८ वटामा सीमित भएको छ ।

भदौ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै लिखत पारित भएको छ । उक्त कार्यालयबाट १ हजार ६५१ लिखत पारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, जनकपुरधाम र राजविराजबाट पनि हजार भन्दा धेरै वटा लिखत पारित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register