लेबनानमाथि इजरायलको निरन्तर आक्रमण, ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु

काठमाडौं । लेबनानमाथि इजरायलको निरन्तर आक्रमणमा परी एक दिनमा ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा १ हजार ६४५ जना घाइते भएका छन्। इजरायली फाइटर जेटहरुले लेबनानका बस्तीहरुमा बमबारी गरिरहेका अलजजीराले जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूले लेबनानमा इजरायल सीमा नजिक गस्ती रोकेका छन् । संयुक्त […]

Sep 24, 2024 - 02:37
 0
लेबनानमाथि इजरायलको निरन्तर आक्रमण, ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु

काठमाडौं । लेबनानमाथि इजरायलको निरन्तर आक्रमणमा परी एक दिनमा ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा १ हजार ६४५ जना घाइते भएका छन्।

इजरायली फाइटर जेटहरुले लेबनानका बस्तीहरुमा बमबारी गरिरहेका अलजजीराले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूले लेबनानमा इजरायल सीमा नजिक गस्ती रोकेका छन् ।

संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले भनेका छन् – दक्षिणी लेबनानमा रहेका शान्ति सैनिकहरूले आफ्नो गस्ती रोकेका छन् । गोलाबारीको मात्रालाई ध्यानमा राख्दै आफ्नो अड्डामै बसिरहेका छन्।

स्टेफेन दुजारिकले पत्रकारहरू भनेका छन् –इजरायल र लेबनान बीचको संयुक्त राष्ट्रसंघद्वारा कोरिएको ‘ब्लू लाइन’ सीमामा भइरहेको गोलाबारीको स्तरले उनीहरूलाई ठूलो जोखिममा पारेको छ ।

‘ब्लू लाइन पार गरेर एक अर्कामाथि गोली चलाइरहेका पक्षहरूलाई, यस द्वन्द्वमा संलग्न सबै पक्षहरूलाई विनाशको किनाराबाट पछि हट्नुहोस्। तनाव बढाउन रोक्नुहोस्,’ उनले भने ।

विश्व नेताहरू र संयुक्त राष्ट्रसंघले पनि तत्काल तनाव कम गर्न आह्वान गरेका छन् ।

टर्कीले इजरायलको लेबनानमाथिको आक्रमणले सम्पूर्ण क्षेत्रलाई अराजकतामा धकेल्न सक्ने चेतावनी दिएको छ।

गाजा पट्टीमा, इजरायली हवाई आक्रमणले गत २४ घण्टामा कम्तीमा २४ जनाको ज्यान लिएको छ । जसमा देइर अल–बलाहमा एक आमा र उनका चार बालबालिका समेत छन्।

गाजामाथि इजरायलको युद्धमा कम्तीमा ४१ हजार ४३१ जना मारिएका र ९५ हजार ८१८ जना घाइते भएका छन्।

इजरायलमा, अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १ हजार १३९ जना मारिएका थिए भने २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register