रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

रौतहट ।  रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एक जनालाई  गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडिओ हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । फकरुदिन अलिअहमद शेखले रौतहटको गढीमाई नगरपालिका ३ साबिक गम्हरिया पर्सा गाविस […]

Sep 24, 2024 - 07:43
 0
रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

रौतहट । 

रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एक जनालाई  गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।

सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडिओ हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।

फकरुदिन अलिअहमद शेखले रौतहटको गढीमाई नगरपालिका ३ साबिक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरी  गैर आवासीय नागरिकता प्रमाणपत्र लिएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडिओ रेग्मीले जानकारी दिएका छन्।

प्रशासनबाट सहजरुपमा गैर आवासीय नेपाली नागरिकता प्राप्त भएपछि  जर्मनी नागरिक अलीले  खुसीसँगै आभार प्रकट गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register