कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द

काठमाडौं । सिस्नेरी-दक्षिणकाली सडकखण्डमा १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ। बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी-दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली-छैमले खण्ड कालोपत्र गर्ने भएकाले १९ असोजसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी-फाखेल-मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, […]

Sep 24, 2024 - 07:19
 0
कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द

काठमाडौं ।

सिस्नेरी-दक्षिणकाली सडकखण्डमा १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी-दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली-छैमले खण्ड कालोपत्र गर्ने भएकाले १९ असोजसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी-फाखेल-मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register