आज शैक्षिक प्रमाणपत्र नबुझाए रामकृष्ण भट्टराई राजदूतमा अस्वीकृत हुने

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने विषयमा संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । सोमबार सांसदहरुको अनुपस्थितिका कारण स्थगित भएको बैठक आज ३ बजे बस्न लागेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरे पनि भट्टराईको बाँकी छ । भट्टराईले स्नातक […]

Sep 24, 2024 - 07:05
 0
आज शैक्षिक प्रमाणपत्र नबुझाए रामकृष्ण भट्टराई राजदूतमा अस्वीकृत हुने

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने विषयमा संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

सोमबार सांसदहरुको अनुपस्थितिका कारण स्थगित भएको बैठक आज ३ बजे बस्न लागेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरे पनि भट्टराईको बाँकी छ । भट्टराईले स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

भट्टराईले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र अझै समितिमा बुझाउन सकेका छैनन् ।

आजसम्म पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register