स्वदेश फर्किइन् ऐतिहासिक रजत पदक विजेता एरिका

काठमाडौं । २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् । मंगलबार स्वदेश फर्किएकी उनलाई राखेपका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन् । यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल […]

Sep 24, 2024 - 07:09
 0
स्वदेश फर्किइन् ऐतिहासिक रजत पदक विजेता एरिका

काठमाडौं । २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।

मंगलबार स्वदेश फर्किएकी उनलाई राखेपका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन् ।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register