वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’ कार्यक्रम

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ । हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले पालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको हो । नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले सहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सेवा प्रारम्भ गरेकी हुन् […]

Sep 24, 2024 - 07:33
 0
वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’ कार्यक्रम

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ ।

हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले पालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले सहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सेवा प्रारम्भ गरेकी हुन् । यो सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा सुरु हुनेछ ।

नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँचजपड्ताल, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरु, प्रसुतिपूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत् घरमै सेवा दिने यो सेवा सुरु गरिएको उनले बताइन् ।

‘हाम्रो नगरपालिकामा रहनुभएका गर्भवती आमाहरुलाई हामीले यसअघि सरकारले तोकेको अनिवार्य चार पटक जाँचमा एक हजार रुपैयाँ र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेका थियौं,’ उनले भनिन्, ‘तर, अहिले सरकारले नयाँ प्रोटोकल जारी गरेपछि अधिकांश गर्भवती आमाहरुलाई जानकारी नुहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउने समय बिर्सेर अनिवार्य जाँचमा छुट्न थालेपछि हामीले यो सेवा सुभारम्भ गरेका हौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register