हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै, घटस्थापनाका दिन उद्घाटन

काठमाडौं । हस्तकला व्यवसायीको सम्मान र नेपाली हस्तकला व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा असोज १७ देखि १९ गतेसम्म यो तेस्रो संस्करणको एक्स्पो आयोजना गरिँदैछ । एक्स्पोका अध्यक्ष कपिल अधिकारीका अनुसार यस प्रदर्शनीमा हस्तकलाजन्य सामग्रीहरूका साथै अल्लो, सिस्नो, केरा, बाँस, केतुकी […]

Sep 24, 2024 - 08:33
 0
हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै, घटस्थापनाका दिन उद्घाटन

काठमाडौं । हस्तकला व्यवसायीको सम्मान र नेपाली हस्तकला व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ ।

राजधानी काठमाडौंको भृकुटीमण्डपमा असोज १७ देखि १९ गतेसम्म यो तेस्रो संस्करणको एक्स्पो आयोजना गरिँदैछ ।

एक्स्पोका अध्यक्ष कपिल अधिकारीका अनुसार यस प्रदर्शनीमा हस्तकलाजन्य सामग्रीहरूका साथै अल्लो, सिस्नो, केरा, बाँस, केतुकी र भूँइकटहरजस्ता प्राकृतिक रेशाबाट बनेका कपडा तथा विभिन्न उत्पादनहरू प्रस्तुत गरिनेछन् ।

यस्तै, भक्तपुरको प्रसिद्ध माटोका प्याला, राउटे र चेपाङ समुदायद्वारा निर्मित काठका सामग्री, जैविक स्रोतबाट बनेका सौन्दर्य सामग्री र महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री पनि राखिनेछन् ।

अधिकारीका अनुसार प्रदर्शनीमा पश्मिना, स्टोन, माला, क्युरिया सामान, गलैँचा, गार्मेन्ट, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट उत्पादनहरू, गरगहना, घरेलु उद्योगका वस्तुहरू, जडीबुटी, सजावटका सामान र पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू उपलब्ध हुनेछन् ।

नेपाली उत्पादनको निर्यातलाई प्रोत्साहन गर्दै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन यो एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। प्रदर्शनीमा अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत विभिन्न मुलुकबाट सयौँ विदेशी व्यापारी तथा खरिदकर्ताहरूको सहभागिता रहनेछ ।

हिमालयन एक्स्पोले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा लामो समयदेखि सक्रियता देखाउँदै आएको छ।

यो एक्स्पोले अमेरिका, क्यानडा, बेलायतलगायत देशहरूमा पनि नियमित रूपमा मेलाहरू आयोजना गर्दै आएको छ। केही महिनाअघि मात्र अमेरिकामा सम्पन्न एक्स्पोको सफलतापछि अब नेपालमा आयोजना गर्न लागिएको हो ।

बिटुबी मोडलमा सञ्चालन हुने यो एक्स्पो नेपालको सबैभन्दा ठूलो हस्तकला प्रदर्शनी हो, जहाँ विश्वभरका व्यापारीहरू र नेपाली हस्तकला उद्योगबीचको सहकार्यका अवसरहरू सिर्जना हुनेछन् ।

प्रदर्शनीको मुख्य उद्देश्य भनेको नेपाली हस्तकला उद्योगलाई विश्वबजारमा चिनाउँदै लगानी र व्यापारको अवसरहरू प्रदान गर्नु हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register