कर्णाली र सुदूरपश्चिमलाई जोड्न साढे तीन करोड बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सडक सञ्जालमार्फत् जोड्नका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अन्तरप्रदेशीय सडक सञ्जाल जोड्नका लागि सो रकम बजेट विनियोजन गरेको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तर प्रदेशीय सडकका लागि कर्णाली प्रदेशको कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका जोड्नका लागि बजेट विनियोजन गरेका हुन् […]

Sep 24, 2024 - 11:29
 0
कर्णाली र सुदूरपश्चिमलाई जोड्न साढे तीन करोड बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सडक सञ्जालमार्फत् जोड्नका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अन्तरप्रदेशीय सडक सञ्जाल जोड्नका लागि सो रकम बजेट विनियोजन गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तर प्रदेशीय सडकका लागि कर्णाली प्रदेशको कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका जोड्नका लागि बजेट विनियोजन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं. ९ भानाकोटबाट नरहरिनाथको खुलालु सडकखण्डको लागी एक करोड, पञ्चदेवल विनायक नगरपालिका–६ जोगिबर्सालेदेखि लालु बल्लेखण्डको लागि दुई करोड र अछामको रामारोसन गाउँपालिका–६ पाल्तदेखि कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोटसम्म सडक निर्माणका लागि रु. ५० लाख बजेट व्यवस्थापन गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव देवानन्द जैशीले जानकारी दिए ।

‘यी सबै सडक कर्णाली र सुदूरपश्चिमका लागि रणनीतिक महत्वका सडक हुन् ’ उनले भने ।

सुदूरपश्चिम प्रदेशबाट कर्णाली प्रदेशको कालीकोटको नरहरिनाथलाई सडक सञ्जालमा जोडेर व्यापारिक हब बनाउने उद्देश्यले बजेट विनियोजन गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register