गण्डक ब्यारेजका छत्तीसै ढोका खुला

नवलपरासी। अविरल वर्षाका कारण नारायणी नदीको जल सतह बढ्दै गए पछि गण्डक ब्यारेजका ३६ सै ढोका खुला गरिएको छ । शनिवार बिहान ११ बजे गण्डक ब्यारेजमा ४ लाख क्यूसेक पानीकाे बहाव मापन गरिएको छ । पानीको बहाव ३ लाख ५० हजार क्यूसेक पुग्नुलाई ब्यारेज प्रशासनले यस्तो स्थितिलाई खतराकाे तह मान्दै अलर्ट हुने गर्दछ ।यसै बीच […]

Sep 28, 2024 - 08:04
 0
गण्डक ब्यारेजका छत्तीसै ढोका खुला

नवलपरासी।

अविरल वर्षाका कारण नारायणी नदीको जल सतह बढ्दै गए पछि गण्डक ब्यारेजका ३६ सै ढोका खुला गरिएको छ । शनिवार बिहान ११ बजे गण्डक ब्यारेजमा ४ लाख क्यूसेक पानीकाे बहाव मापन गरिएको छ ।

पानीको बहाव ३ लाख ५० हजार क्यूसेक पुग्नुलाई ब्यारेज प्रशासनले यस्तो स्थितिलाई खतराकाे तह मान्दै अलर्ट हुने गर्दछ ।
यसै बीच नारायणी नदीमा जलस्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सूचना जारी गरी आम नागरिकलाई नदी छेउ नजान र सुरक्षित रहन आग्रह गरेको छ ।

यद्यपि नारायणी नदीमा पानीकाे बहाव बढ्दै जाँदा गैडाकाेट २, कावासाेती १५, मध्यविन्दु २ नन्दपुर लगायत छेउका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् ।

त्यसैगरी अविरल वर्षाले जिल्लाका  कतिपय क्षेत्रमा पहिरो गई पहाडी सडक अवरुद्ध भए पछि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register