नख्खुमा चारजना बगाएको घटना : गृहमन्त्री भन्छन् – उद्धारमा खटिएका प्रहरीलाई नै बगाएपछि सकेनौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नख्खु खोलामा बाढीले बगाएका चार जनाको उद्धार प्रयास गर्दागर्दै नसकिएको बताएका छन् । शनिबार बिहान घण्टौंसम्म टहराको छानामा बसेकाहरुको उद्धार नहुँदा एक बच्चासहित ४ जनालाई बाढीले बगाएको थियो । सोही विषयमा गृह मन्त्रालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि […]

Sep 28, 2024 - 08:17
 0
नख्खुमा चारजना बगाएको घटना : गृहमन्त्री भन्छन् – उद्धारमा खटिएका प्रहरीलाई नै बगाएपछि सकेनौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नख्खु खोलामा बाढीले बगाएका चार जनाको उद्धार प्रयास गर्दागर्दै नसकिएको बताएका छन् ।

शनिबार बिहान घण्टौंसम्म टहराको छानामा बसेकाहरुको उद्धार नहुँदा एक बच्चासहित ४ जनालाई बाढीले बगाएको थियो ।

सोही विषयमा गृह मन्त्रालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु ।’

हेलिकोप्टरबाट रेस्क्यु गर्ने प्रयास गर्दा भिजिविलिटी नभएका कारणले नसकिएको उनको भनाइ छ ।

जमिनबाट सशस्त्र र प्रहरीले उद्धार गर्ने प्रयास गरेपनि उद्धारमा खटिएका प्रहरी जवानहरुलाई नै बगाएर उद्धार गर्नुपर्ने स्थिति आएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register