गणपति बेकरीले चन्द्रगढीबाट पिज्जा, केक र कफी सेवा दिने

भद्रपुर, १२ असोज । भद्रपुर–८ स्थित चन्द्रगढी विमान स्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरी जन्य उत्पादन सहित क्याफे सञ्चालनमा ल्याएको छ । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमान स्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरी सहित क्याफे सञ्चालनमा ल्याइएको हो । गणपति बेकरीको तेश्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले [...] The post गणपति बेकरीले चन्द्रगढीबाट पिज्जा, केक र कफी सेवा दिने appeared first on Jhapa Online.

Sep 28, 2024 - 12:38
 0
गणपति बेकरीले चन्द्रगढीबाट पिज्जा, केक र कफी सेवा दिने

भद्रपुर, १२ असोज । भद्रपुर–८ स्थित चन्द्रगढी विमान स्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरी जन्य उत्पादन सहित क्याफे सञ्चालनमा ल्याएको छ ।

करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमान स्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरी सहित क्याफे सञ्चालनमा ल्याइएको हो । गणपति बेकरीको तेश्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैं उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।

गणपति बेकरीका हेडक्वाटर प्रमुख राजु ढकालका अनुसार गणपतिको विर्तामोडमा मुख्य उत्पादन कार्यालय छ भने काँकरभिट्टा र चन्द्रगढीमा फेन्जाइममा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्ने गरी शाखा स्वामित्व दिइएको हो । गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलीभरीको समेत व्यवस्था रहेको जानकारी दिए ।

The post गणपति बेकरीले चन्द्रगढीबाट पिज्जा, केक र कफी सेवा दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register