झ्याप्ले खोलामा बस र माइक्रो पहिरोमा पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं । नागढुङ्गा नजिकै झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । धादिङमा पर्ने उक्तस्थानमा शनिबार बिहान दुई सवारी साधन पहिरोले पुरेको थियो । पहिरो पन्छाएर लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसको नम्बर भने खुलेको छैन । […]

Sep 28, 2024 - 16:33
 0
झ्याप्ले खोलामा बस र माइक्रो पहिरोमा पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं । नागढुङ्गा नजिकै झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

धादिङमा पर्ने उक्तस्थानमा शनिबार बिहान दुई सवारी साधन पहिरोले पुरेको थियो ।

पहिरो पन्छाएर लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसको नम्बर भने खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएको छ ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । अरु सवारी साधन पनि पुरिएको आशंकामा खोजी कार्य जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register