सिन्धुलीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु 

सिन्धुली।  बिहीबार रातिदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । शनिवार आज विहान पहिरोले पुरिएर सुनकोशी गाउँपालिका १ दुम्जामा १२ बर्षका बालक विनय कोरालाको मृत्यु भएको  हो।  पहिरो खस्ने जोखिम बढेपछि घरबाट परिवारका अन्य सदस्यसँग सुरक्षित ठाउँमा जानेक्रममा घरको आँगनमै पहिरोले पुरिएर बालक कोरालाको मृत्यु भएको जिल्ला […]

Sep 28, 2024 - 12:47
 0
सिन्धुलीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु 

सिन्धुली। 

बिहीबार रातिदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । शनिवार आज विहान पहिरोले पुरिएर सुनकोशी गाउँपालिका १ दुम्जामा १२ बर्षका बालक विनय कोरालाको मृत्यु भएको  हो।

 पहिरो खस्ने जोखिम बढेपछि घरबाट परिवारका अन्य सदस्यसँग सुरक्षित ठाउँमा जानेक्रममा घरको आँगनमै पहिरोले पुरिएर बालक कोरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

त्यस्तै शुक्रवार राति  कमलामाई नगरपालिका–९ भिमानमा रहेको सुके खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा कमलामाई नगरपालिका ९ का ४६ वर्षीय कृष्ण बहादुर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिए ।

 महोत्तरीको वर्दिबासमा काम गर्न गएका बोगटीलाई घर फर्कने क्रममा अविरल वर्षासँगै आएको खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता बोगटीको खोजी गर्ने क्रममा कमला खोलाको किनारस्थित सुकेखोलाको दोभानमा शव भेटिएको उपरीक्षक काफ्ले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register