मकवानपुरमा बेपत्ता ६ जनामध्ये ३ मृत भेटिए

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा बेपत्ता भएका ६ बालकमध्ये ३ जनाको शव फेला परेको छ । शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए । हालसम्म ३ जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । तर, सनाखत भने हुन सकेको छैन । […]

Sep 28, 2024 - 12:53
 0
मकवानपुरमा बेपत्ता ६ जनामध्ये ३ मृत भेटिए

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा बेपत्ता भएका ६ बालकमध्ये ३ जनाको शव फेला परेको छ ।

शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए ।

हालसम्म ३ जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । तर, सनाखत भने हुन सकेको छैन ।

स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा ३७ जना खेलाडी राखिएका थिए । उनीहरुलाई सुरक्षित स्थानमा लैजान खोज्दा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register