उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजार पाँच सय घर उच्च जोखिममा

उदयपुर । अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा […]

Sep 28, 2024 - 15:01
 0
उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजार पाँच सय घर उच्च जोखिममा

उदयपुर । अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा परेका करिब एक सय ५० जनालाई आजै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर अन्यत्र सारिएको बेलका नगरपालिकाले जनाएको छ ।

यस्तै, बेलका—३ को श्रीलङ्का टापु र चिचिलिया टापु क्षेत्रमा पनि बाढी पस्न थालेपछि हाल सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धारको प्रयास भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिए।

नगर उपप्रमुख जिरा राईले सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गइरहेकाले वडा नं १, २, ३, ५, ६, ७, ८ लगायतका वडा बढी जोखिममा परेको बताए । प्रभावित क्षेत्रका जनतालाई सुरक्षा निकायको सहयोगमा उद्धार कार्य गरी नजिकैको विद्यालय तथा क्याम्पसमा राख्ने काम भइरहेको उनले जानकारी दिए।

यस्तै नगरको वडा नं ८, २ र ३ का नदी तटीय क्षेत्रका होटल, रिसोर्टसमेत डुबानमा पर्न थालेका छन् । हाल नगरको चिलिया र श्रीलङ्का टापुलाई नदीको बाढीले घेरेको कारण यहाँका नागरिकको उद्धार गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register