भुक्तानी नपाएका व्यवसायीले गरे लुम्बिनी क्षेत्रको गेटमा अवरोध, कोषको कार्यालय तालाबन्दी गर्ने चेतावनी

लुम्बिनी । १० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले आज लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द गरेका छन् । मायादेवी मन्दिर प्रवेश गर्ने ठाउँसहित अरू संरचना अवलोकनको लागि जाने गेटहरूमा अवरोध गरिएको छ । व्यवसायीहरूले निर्माण सामग्री तथा ट्रयाक्टर, क्रेन लगेर गेटमा अवरोध गरेको छन् । विकास क्षेत्र प्रवेश गर्ने मुख्य गेट ४ नम्बर गेटसहित ३, ८ […]

Sep 23, 2024 - 08:57
 0
भुक्तानी नपाएका व्यवसायीले गरे लुम्बिनी क्षेत्रको गेटमा अवरोध, कोषको कार्यालय तालाबन्दी गर्ने चेतावनी

लुम्बिनी१० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले आज लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द गरेका छन् ।

मायादेवी मन्दिर प्रवेश गर्ने ठाउँसहित अरू संरचना अवलोकनको लागि जाने गेटहरूमा अवरोध गरिएको छ ।

व्यवसायीहरूले निर्माण सामग्री तथा ट्रयाक्टर, क्रेन लगेर गेटमा अवरोध गरेको छन् ।

विकास क्षेत्र प्रवेश गर्ने मुख्य गेट ४ नम्बर गेटसहित ३, ८ र ९ नम्बरको साइड गेट बन्द गरेर प्रदर्शन भइरहेको छ । व्यवसायीहरूले भुक्तानी प्रक्रिया छिटो अघि बढाउन दबाब दिन आज लुम्बिनीको गेट अवरोध गरेका हुन् ।

भोलिसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।

यसअघि उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने निर्णय सार्वजनिक गरेका थिए ।

आइतबारदेखि भने ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् । यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् ।

लुम्बिनी विकास कोष अन्तर्गतका परियोजनाहरूलाई राष्ट्रिय गौरवका रूपमा चिनाइएको भए पनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले परियोजनाहरू संकटमा छन् ।

भुक्तानी नपाउँदा लुम्बिनीका निर्माण व्यवसायी आर्थिक संकटमा, निर्माणका काम ठप्प (वक्तव्यसहित)

यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी–एनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजित जेभी, रमन–गजुरमुखी–रामजानकी जेभी र खानी–अर्घाखाँची–बबुल जेभी कार्यरत छन् ।

व्यवसायीहरूले भुक्तानी प्रक्रिया छिटो अघि बढाउन र आन्तरिक विवादहरू समाधान गर्न माग गरेका छन् ।

यदि कोषले समयमा भुक्तानी नगरेमा अहिले रोकको काम र बन्द गरेको कार्यालय नखोल्ने चेतावनी दिएका छन् ।

भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीको धर्ना

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register