के कम मात्रामा बियर पिउनु स्वास्थ्यको लागि हानिकारक हुँदैन ?

एजेन्सी । धेरै मानिसहरूलाई लाग्छ कि बियर पिउनु रक्सी भन्दा राम्रो हो र यसले स्वास्थ्यलाई हानि गर्दैन । सामान्यतया बियरमा ४ देखि ६ प्रतिशत अल्कोहल हुन्छ तर, धेरै ब्रान्डहरूको बियरमा रक्सीको बराबर अल्कोहल हुन्छ । धेरै मानिस दैनिक रूपमा बियरको १–२ क्यान पिउन मन पराउँछन् र यसले उनीहरूको स्वास्थ्यमा कुनै नराम्रो असर गर्दैन भन्छन् । […]

Sep 30, 2024 - 08:37
 0
के कम मात्रामा बियर पिउनु स्वास्थ्यको लागि हानिकारक हुँदैन ?

एजेन्सी । धेरै मानिसहरूलाई लाग्छ कि बियर पिउनु रक्सी भन्दा राम्रो हो र यसले स्वास्थ्यलाई हानि गर्दैन । सामान्यतया बियरमा ४ देखि ६ प्रतिशत अल्कोहल हुन्छ तर, धेरै ब्रान्डहरूको बियरमा रक्सीको बराबर अल्कोहल हुन्छ ।

धेरै मानिस दैनिक रूपमा बियरको १–२ क्यान पिउन मन पराउँछन् र यसले उनीहरूको स्वास्थ्यमा कुनै नराम्रो असर गर्दैन भन्छन् । अब प्रश्न यो हो कि एक दिनमा कति बियर पिउनु सुरक्षित छ ? यसबारे विशेषज्ञको धारणा जानौँ ।

विशेषज्ञका अनुसार जब कलेजोले अल्कोहललाई फिल्टर गर्छ । यस क्रममा कलेजोका केही कोष क्षतिग्रस्त हुन्छन् । कलेजोमा नयाँ कोष विकास गर्ने क्षमता हुन्छ, जसको कारण केही समयपछि नयाँ कोष बन्छन्, तर लगातार अल्कोहलको धेरै मात्रा सेवन गरिएमा यसले कलेजोमा नयाँ कोषहरू बनाउन सक्ने क्षमता घटाउँछ । अल्कोहलले कलेजोका धेरै रोग निम्त्याउँछ ।

बियरमा रक्सीको तुलनामा कम अल्कोहल हुन्छ, तर हाम्रो शरीरका लागि कुनै पनि मात्रामा अल्कोहललाई सुरक्षित मान्न सकिँदैन । विशेष गरी कलेजोका लागि बियर पिउनु राम्रो मानिँदैन । जसलाई कलेजोसँग सम्बन्धित समस्या छन्, तिनीहरूले बियर पनि पिउनु हुँदैन । यसो गर्दा कलेजो क्षति हुन थाल्छ ।

धेरै मात्रामा पनि बियर पिउँदा मधुमेहका बिरामीलाई रगतको चिनीको उतारचढावको समस्या हुन सक्छ र यसले पेटसँग सम्बन्धित धेरै समस्या निम्त्याउन सक्छ । बियरलाई स्वास्थ्यका लागि लाभदायक मान्न सकिँदैन ।

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार शरीरका लागि एक थोपा अल्कोहललाई पनि सुरक्षित मान्न सकिँदैन ।

अल्कोहलको पहिलो थोपाले नै क्यान्सर जस्ता रोगको खतरा बढाउन सक्छ । रक्सी र बियरमा अल्कोहल मिसाइएको हुन्छ, जुन एक विषाक्त पदार्थ हो र यसले स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउँछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register