पहिरोमा मृत्यु भएका ६ जना किशोर फुटबल खेलाडीको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोमा परेर मृत्यु भएका ६ जना किशोर खेलाडीको आज अन्त्येष्टि गरिँदैछ । शुक्रबार र शनिबार अविरल वर्षाका कारण मकवानपुरस्थित एन्फाको तालिम केन्द्रमा मृत्यु भएका खेलाडीको अखिल नेपाल फुटबल संघ एन्फाले सम्मानका साथ अन्त्येष्टि गर्न लागेको जनाएको छ । पहिरोमा परेर दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल […]

Sep 30, 2024 - 08:41
 0
पहिरोमा मृत्यु भएका ६ जना किशोर फुटबल खेलाडीको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोमा परेर मृत्यु भएका ६ जना किशोर खेलाडीको आज अन्त्येष्टि गरिँदैछ ।

शुक्रबार र शनिबार अविरल वर्षाका कारण मकवानपुरस्थित एन्फाको तालिम केन्द्रमा मृत्यु भएका खेलाडीको अखिल नेपाल फुटबल संघ एन्फाले सम्मानका साथ अन्त्येष्टि गर्न लागेको जनाएको छ ।

पहिरोमा परेर दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।

जसमध्ये अनुपम, साइमन र विकलको शव हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको एन्फाले जनाएको छ । आदित्यको शव सर्लाहीको लालबन्दी पठाउने तयारी गरिएको छ

दिवस र प्रियंसको अन्त्येष्टि भने पशुपति आर्यघाटमा गरिने एन्फाले जनाएको छ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register