लमजुङ जान लागेको हायस शिवपुरीमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ । नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिएको नुवाकोट प्रहरीले जनाएको छ । […]

Sep 30, 2024 - 08:45
 0
लमजुङ जान लागेको हायस शिवपुरीमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ ।

नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिएको नुवाकोट प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register