लमजुङ जान लागेको हायस गाडी शिवपुरीमा दुर्घटना
काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ । नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिएको नुवाकोट प्रहरीले जनाएको छ […]
काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ ।
नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिएको नुवाकोट प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ।
What's Your Reaction?