जतिसक्दो चाँडो नयाँ प्रमुख चयन गर्ने हिजबुल्लाहको घोषणा

बेरुत । इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताएका छन् । उनले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताएका छन् । हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भने, “हामी जतिसक्दो […]

Sep 30, 2024 - 14:29
 0
जतिसक्दो चाँडो नयाँ प्रमुख चयन गर्ने हिजबुल्लाहको घोषणा

बेरुत । इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताएका छन् ।

उनले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताएका छन् । हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भने, “हामी जतिसक्दो चाँडो पार्टीको नयाँ महासचिव चयन गर्नेछौं।”

सम्बोधनमा उनले नसरल्लाहको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे केही बताएनन् । कासिमका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर अली काराके र समूहका अन्य दुई सदस्यसँगको भेटघाटका क्रममा नसरल्लाहको इजरायली आक्रमणबाट मृत्यु भएको थियो ।

कासिमले आफू २० जनाभन्दा बढी अन्य नेतासहित मारिएको इजरायली सेनाको दाबीको खण्डन गरेका छन् । कासिमले हिजबुल्लाहले गाजा र प्यालेस्टिनीको समर्थनमा लेबनान र त्यहाँका जनताको रक्षाका लागि इजरायलसँगको युद्ध जारी राख्ने बताएका छन् ।

उनले भने, “हामी जस्तोसुकै परिस्थितिको सामना गर्नेछौं र यदि इजरायलले स्थलमार्गबाट प्रवेश गर्ने निर्णय गर्‍यो भने हामी तयारी अवस्थामा छौं।” एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register