विपद् व्यवस्थापनमा चुकेको आरोपमा धादिङ र काभ्रेका प्रजिअ फिर्ता

काठमाडौं । विपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले […]

Sep 30, 2024 - 10:05
 0
विपद् व्यवस्थापनमा चुकेको आरोपमा धादिङ र काभ्रेका प्रजिअ फिर्ता

काठमाडौं । विपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ ।

दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई भने मन्त्रालय तानिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन ।

अविरल वर्षा र बाढी पहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गतको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । गत बिहीबारदेखि शनिबारसम्मको निरन्तर वर्षापछिको बाढीपहिरोबाट काभ्रेका रोशी, तेमाल, पनौती, बेथानचोकलगायत पालिका बढी प्रभावित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register