पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका दुई किशोरको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्वीरहरु)

काठमाडौं । मकवानपुरमा पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका दुईजना फुटबलरको आज अन्त्येष्टि गरिएको छ । दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो । मकवानपुरस्थित एन्फको तालिम केन्द्रमा ज्यान गुमाएका ६ जना किशोर खेलाडीमध्ये दुईजनाको काठमाडौंमा अन्त्येष्टि गरिएको छ । बाँकी २  जनालाई मकवानपुर र एकजनालाई सर्लाही लगिएको छ । […]

Sep 30, 2024 - 11:21
 0
पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका दुई किशोरको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्वीरहरु)

काठमाडौं । मकवानपुरमा पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका दुईजना फुटबलरको आज अन्त्येष्टि गरिएको छ ।

दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

मकवानपुरस्थित एन्फको तालिम केन्द्रमा ज्यान गुमाएका ६ जना किशोर खेलाडीमध्ये दुईजनाको काठमाडौंमा अन्त्येष्टि गरिएको छ । बाँकी २  जनालाई मकवानपुर र एकजनालाई सर्लाही लगिएको छ ।

आर्यघाटमा अन्त्येष्टि गरिँदा ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । उनीहरुको पार्थिव शरीरमा एन्फा र नेपालको राष्ट्रिय झण्डा ओढाइएको थियो ।

हेर्नुहोस अन्त्येष्टि गर्दाका तस्वीरहरु :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register