सहकारी ठगी आरोपमा दिल्लीमा पक्राउ परेका नेपालीको थुनछेक बहस मंगलबार
काठमाडौं । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराइएको छ आइतबार राति बागलुङ पुर्याइएका नेपालीको सोमबार दिनभर बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए । उनको मंगलबार मात्र नेपालीको थुनछेकको बहस हुने भएको […]
काठमाडौं । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराइएको छ आइतबार राति बागलुङ पुर्याइएका नेपालीको सोमबार दिनभर बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
उनको मंगलबार मात्र नेपालीको थुनछेकको बहस हुने भएको छ । उनीविरुद्ध १ हजार ५ सय ४३ जनाको जाहेरी परेको थियो । जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाए समेतको माग गरिएको छ ।
२०८० असार ३१ गते नेपालीसहित १० जना विरुद्ध सहकारी ठगी मुद्दा दायर भएकोमा साउन ४ गतेको आदेशले नेपालीबाहेक ७ जना संचालकलाई पुर्पक्षकालागि थुनामा पठाइएको थियो ।
सोही मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई जिल्ला अदालत बागलुङको २०८० साउन ४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
What's Your Reaction?