मलेखुमा पुनः पहिरो खस्यो, राती मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । धादिङस्थित मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध भएपछि प्रहरीले रातको समयमा थप जोखिम हुने आँकलन गरेर यात्रा नगर्न आग्रह गरेको हो । यसअघि झ्याप्ले खोलामा  पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन […]

Sep 30, 2024 - 15:45
 0
मलेखुमा पुनः पहिरो खस्यो, राती मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । धादिङस्थित मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध भएपछि प्रहरीले रातको समयमा थप जोखिम हुने आँकलन गरेर यात्रा नगर्न आग्रह गरेको हो ।

यसअघि झ्याप्ले खोलामा  पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुंगा हुँदै काठमाडौँ भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register