तनहुँकी मन्दिराको दशैं कोसेली ‘अरुण सुसाउँदा’ 

काठमाडौं । तनहुँकी गायिका मन्दिरा थापा मगरले बडा दशैंलाई लक्षित गरी नयाँ गीत ‘अरुण सुसाउँदा’ सार्वजनिक गरेकी छिन् । गीतले दशैं लक्षित गरे पनि श्रमिक र महिलाको पक्षमा आवाज उठाउँदै अरुण नदीमा जल समाधि लिएकी योगमायाको कथा बोलेको छ । पूर्वेली लोक दोहोरी भाकाको सो गीतमा आवाज मन्दिरा थापा मगर र लोक गायक खगेन्द्र थामीको […]

Sep 30, 2024 - 13:37
 0
तनहुँकी मन्दिराको दशैं कोसेली ‘अरुण सुसाउँदा’ 

काठमाडौं । तनहुँकी गायिका मन्दिरा थापा मगरले बडा दशैंलाई लक्षित गरी नयाँ गीत ‘अरुण सुसाउँदा’ सार्वजनिक गरेकी छिन् ।

गीतले दशैं लक्षित गरे पनि श्रमिक र महिलाको पक्षमा आवाज उठाउँदै अरुण नदीमा जल समाधि लिएकी योगमायाको कथा बोलेको छ ।

पूर्वेली लोक दोहोरी भाकाको सो गीतमा आवाज मन्दिरा थापा मगर र लोक गायक खगेन्द्र थामीको रहेको छ । मिक्सिङ एण्ड मास्टरिङ राजु कार्कीको रहेको छ भने शब्द संगीत थामीकै रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register