बेलायतमा इमिग्रेसन कडाइपछि पनि घटेनन् नेपाली विद्यार्थी

लन्डन- बेलायत सरकारले पछिल्लो समय गरेको इमिग्रेसन नीतिसम्बन्धी व्यापक परिवर्तनले यहाँ भित्रिने विदेशी आप्रवासीहरुको संख्या त्यसैपनि ह्वात्तै घटाएको छ । त्यसमाथि केयर वर्कर, विद्यार्थी जस्ता बढी कडाइ गरिएका रुटमा आउनेहरुको संख्या त झनै न्यून बनेको छ । बेलायतको इमिग्रेसनसम्बन्धी हालै सार्वजनिक एक तथ्यांकले अन्य मुलुकको तुलनामा नेपालबाट बेलायत आउने विद्यार्थीको संख्या भने अझै उच्च रहेको […]

Aug 26, 2024 - 18:01
 0
बेलायतमा इमिग्रेसन कडाइपछि पनि घटेनन् नेपाली विद्यार्थी

फाइल तस्विर

लन्डन- बेलायत सरकारले पछिल्लो समय गरेको इमिग्रेसन नीतिसम्बन्धी व्यापक परिवर्तनले यहाँ भित्रिने विदेशी आप्रवासीहरुको संख्या त्यसैपनि ह्वात्तै घटाएको छ । त्यसमाथि केयर वर्कर, विद्यार्थी जस्ता बढी कडाइ गरिएका रुटमा आउनेहरुको संख्या त झनै न्यून बनेको छ ।

बेलायतको इमिग्रेसनसम्बन्धी हालै सार्वजनिक एक तथ्यांकले अन्य मुलुकको तुलनामा नेपालबाट बेलायत आउने विद्यार्थीको संख्या भने अझै उच्च रहेको देखाएको छ ।

इमिग्रेसन कडाइपछि बेलायत भित्रिने अन्य मुलुकबाट बेलायत आउन विद्यार्थीेहरुको संख्या जति धेरै घटेको छ, त्यहि अनुपातमा नेपाली विद्यार्थीको संख्या भने नघटेको पाइएको छ ।

‘अप्लाई बोर्ड’ नामक समूहले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को पहिलो त्रैमासिक अवधिमा जम्मा २ हजार २ सय नेपालीले बेलायतको विद्यार्थी भिसा पाएका छन् । जुन संख्या अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

बेलायतमा सबैभन्दा धेरै विदेशी विद्यार्थी आउने भारत, नाइजेरियालगायतका मुलुकबाट इमिग्रेसन कडाइपछि विद्यार्थीहरु घटेपनि नेपालबाट भने झन् बढेको तथ्यांकले देखाएको हो ।

यसअघि सन् २०२३ मा नेपालबाट जम्मा ८ हजार ५ सय विद्यार्थीले बेलायतको विद्यार्थी भिसा प्राप्त गरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register