भारतीय प्रहरीले गर्‍यो प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

कोलकाता । भारतको कोलकातामा यसै महिना बलात्कार र हत्या गरिएकी चिकित्सकको न्यायका लागि माग गरिरहेका हजारौँ प्रदर्शनकारीसँगको झडपमा प्रहरीले मंगलबार अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको छ । मंगलबारको प्रदर्शनमा पश्चिम बंगालका मुख्यमन्त्री ममता […]

Aug 27, 2024 - 15:55
 0
भारतीय प्रहरीले गर्‍यो प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

कोलकाता । भारतको कोलकातामा यसै महिना बलात्कार र हत्या गरिएकी चिकित्सकको न्यायका लागि माग गरिरहेका हजारौँ प्रदर्शनकारीसँगको झडपमा प्रहरीले मंगलबार अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको छ ।

मंगलबारको प्रदर्शनमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गर्दै हजारौँ मानिसले कोलकाताको एक सरकारी भवनसम्म जुलुस निकाले । उनीहरूले नारा लगाउँदै प्रहरीसँग झडप गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न लाठीचार्ज गर्‍यो ।

विरोध प्रदर्शनमा सहभागी कलेज छात्रा नमिता घोषले भीडले लाठीचार्जअघि ‘शान्तिपूर्ण विरोध’ गर्ने उद्देश्य राखेको बताए । नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, “हिंसा फैलाएको आरोपमा कम्तीमा एक सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।”

अपराधबाट प्रेरित कोलकातामा धेरै विरोध प्रदर्शन अनियन्त्रित राजनीतिक जुलुसहरूमा परिणत भएका छन् । यसमा राज्य सरकारसँग असन्तुष्ट सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रदर्शनकारीहरूसँग प्रहरीको झडप भएको छ ।

भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो तर यो पश्चिम बङ्गालको राजधानी कोलकातामा विपक्षी दल हो । भाजपाका प्रदर्शनकारीहरूले बनर्जी सरकारमाथि महिलाका लागि असुरक्षित वातावरण बनाएको आरोप लगाएका छन् । असुरक्षित वातावरणले चिकित्सकको हत्यालगायतका अपराध हुन दिएको उनीहरूले बताएका छन् । चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा पाइएको थियो । उनी ३६ घन्टाका सिफ्टका क्रममा विश्रामका लागि त्यहाँ गएको थाहा भएको छ ।

धेरै सहरमा चिकित्सक संघहरूले हत्याको विरोधमा हडताल सुरु गरेका छन् । यसबाट गैर–आवश्यक सेवा बन्द भएका छन् तर पेशाकर्मी चिकित्सकहरू काममा फर्किएका छन् । उक्त हत्यामा एक जनालाई हिरासतमा लिइएको छ । आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको भयानक सामूहिक बलात्कार र हत्यासँग गर्न थालिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register