लन्डनका नेपाली युवा गाउँको शिक्षा र स्वास्थ्यमा सघाउन गर्दै छन् साइकल यात्रा

लन्डन – लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा गरिरहेका  छन्। दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन भन्ने सुनिस्चित गर्नुका साथै  र दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर […]

Aug 27, 2024 - 15:45
 0
लन्डनका नेपाली युवा गाउँको शिक्षा र स्वास्थ्यमा सघाउन गर्दै छन् साइकल यात्रा

लन्डन – लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा गरिरहेका  छन्।

दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन भन्ने सुनिस्चित गर्नुका साथै  र दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर लामो उक्त साहसिक यात्रा सुरु गरेको बताए।

“यात्राको क्रममा ४,५०० देखि ५,२०० मिटरसम्म साइकल यात्रा गर्ने काम शारीरिकरुपमा चुनौतिपूर्ण भए पनि आफ्ना गाउँलेहरुको माया र साथी तथा शुभेच्छुहरुको सद्भावका कारण यात्रा जारी राख्न मलाई उत्प्रेरणा मिलेको छ,” सामाजिक संजाल, लिंकडइन, मा आफ्नो यात्राको विवरण अद्यावधिक गर्दै उनले भने।

हेल्प नेपाल नेटवर्क तथा लायन्स क्लब अफ काठमाडौँ क्लियोपेट्रासंगको सहकार्यमा आयोजित यात्राबाट उनले पांच हजार पौण्ड (झन्डै साढे आठलाख रुपियाँ )जुटाउने लक्ष लिएका छन्।

हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने, ” हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छौं। दिनेशजीले सुरु गर्नु भएको यो मानवीय कार्यमा जोडिन पाउँदा हामी निकै हर्षित छौं।’

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि बेलायतस्थित सबै नेपाली संघसंस्था तथा जनसमुदायलाई हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register