बिर्तामोडमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बिर्तामोड, १८ भदौ । झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेटस्थित मुख्य राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएको छन् । आज साँझ पूर्व–पश्चिम राजमार्गमा मुक्ति चोकबाट काँकरभिट्टातर्फ जादै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक–आपसमा ठक्कीदा दुर्घटना भएको हो । दुर्घटनमा मोटरसाइकलमा [...] The post बिर्तामोडमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते appeared first on Jhapa Online.

Sep 3, 2024 - 15:50
 0
बिर्तामोडमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बिर्तामोड, १८ भदौ । झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेटस्थित मुख्य राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएको छन् ।

आज साँझ पूर्व–पश्चिम राजमार्गमा मुक्ति चोकबाट काँकरभिट्टातर्फ जादै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक–आपसमा ठक्कीदा दुर्घटना भएको हो । दुर्घटनमा मोटरसाइकलमा सवार इलाम सुर्योदय नगरपालिका वडा नम्बर ५ का बर्ष २६ बर्षिय रुपेश बुढाथोकीको टाउको, दाहिने खुट्टामा चोट र सोही स्थानका २४ बर्षिय दिवाङकर राईको टाउको, दाहिने खुट्टामा चोट लागेर घाईते भएका छन् । उनीहरु दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली पुगेर मोटरसाईकल र ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय संजय माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको छ । ट्रक तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।

The post बिर्तामोडमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register