कनकाईमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापा, २१ भदौ । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । बिहीबार बेलुका कनकाई–५ चप्परमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापाबजार तर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं. को मोरटसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही स्थानका सुन्तली टुडुका छोरा करिब ४ वर्षीय आर्यन टुडुलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको [...] The post कनकाईमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु appeared first on Jhapa Online.

Sep 6, 2024 - 02:06
 0
कनकाईमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापा, २१ भदौ । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका कनकाई–५ चप्परमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापाबजार तर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं. को मोरटसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही स्थानका सुन्तली टुडुका छोरा करिब ४ वर्षीय आर्यन टुडुलाई ठक्कर दिएको थियो ।

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगि सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका–२ का २४ वर्षीय बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

The post कनकाईमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register