मन पराएर पनि किन पहिले प्रेम प्रस्ताव राख्दैनन् युवतीहरू ?

काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मन पराएर पनि युवतीहरुले पहिले प्रेम प्रस्ताव किन राख्दैनन् ? प्रायः पुरुषहरू नै पहिले प्रेमको प्रस्ताव गर्ने गर्छन् । आजभोलि विस्तारै युवतीहरु पनि प्रेमको प्रस्ताव गर्न थालेका छन् । तर, त्यसो गर्नुअघि उनीहरू हजार पटक सोच्छन् । उनीहरू चाहन्छन् कि पुरुषहरूले नै प्रेमको प्रस्ताव गरोस् । आज […]

Sep 21, 2024 - 09:33
 0
मन पराएर पनि किन पहिले प्रेम प्रस्ताव राख्दैनन् युवतीहरू ?

काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मन पराएर पनि युवतीहरुले पहिले प्रेम प्रस्ताव किन राख्दैनन् ? प्रायः पुरुषहरू नै पहिले प्रेमको प्रस्ताव गर्ने गर्छन् । आजभोलि विस्तारै युवतीहरु पनि प्रेमको प्रस्ताव गर्न थालेका छन् । तर, त्यसो गर्नुअघि उनीहरू हजार पटक सोच्छन् ।

उनीहरू चाहन्छन् कि पुरुषहरूले नै प्रेमको प्रस्ताव गरोस् । आज हामी केही यस्ता रोचक कारणहरू बताउन गइरहेका छौँ, जसको कारणले युवतीहरु प्रेमको प्रस्ताव पहिले गर्न चाहँदैनन् ।

युवतीहरुलाई आफूले पहिले प्रस्ताव राख्दा अस्वीकृत हुने डर मान्छन् । युवतीहरु कहिल्यै चाहँदैनन् कि उनीहरूलाई कसैले अस्वीकार गरोस् । उनीहरूलाई यो डरले सधैँ सताउँछ कि त्यसो गर्दा पुरुषले उनीहरूको कदर गर्दैन । उनीहरूलाई हरेक कुरामा छोड्ने धम्की दिन्छ ।

यस्ता युवतीहरु, जो मनपर्ने पुरुषलाई पहिले प्रेम प्रस्ताव गर्छन्, उनीहरूलाई ‘बोल्ड’ को ट्याग दिन्छन् । यसको मतलब यस्तो युवतीहरुलाई सजिलै पाउन सकिन्छ भन्ने मानिन्छ । उनीहरू यस्तो कुराको सहन सक्दैनन्, त्यसैले सधैँ सङ्केत दिएर प्रेमको प्रस्ताव पुरुषहरूबाट नै गराउन चाहन्छन् ।

पुरुषहरूले युवतीलाई आफ्नो मनको कुरा सजिलै बताउने गर्छन् । तर, यदि यही काम युवतीले गर्‍यो भने पुरुषहरु उसलाई ‘डेस्पेरेट’ भन्छन् । उनीहरूको लागि चरित्रहीन जस्ता शब्दहरूको पनि प्रयोग गरिन्छ । यही सबै सोचेर युवतीहरु आफ्नो भावना, प्रेम बताउनबाट बच्छन् ।

धेरै अध्ययनकाअनुसार पुरुषहरूको तुलनामा युवतीहरुलाई डेटको लागि प्रस्ताव गर्नु धेरै मनपर्छ । यही कारणले युवतीहरु कुनै पुरुषलाई पहिले प्रेमको प्रस्ताव गर्दैनन् ।

किनकि युवतीहरु चाहन्छन् कि उनीहरूलाई सधैँ विशेष महसुस गराइयोस् । युवतीहरु आफैँलाई प्राथमिकता दिएको हेर्न चाहन्छन् । त्यसैले उनीहरू पहिले प्रेमको प्रस्ताव गर्नबाट टाढा नै रहन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register