अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्यूज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । सेनाले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएको छ। आइतबार बिहान सशस्त्र र मुखौटा लगाएका इजरायली सैनिकहरू प्रत्यक्ष प्रसारणको क्रममा भवनमा प्रवेश गरेका थिए । इजरायली सैनिकहरूले बन्द गर्न आदेश दिएको अल जजीराको […]

Sep 22, 2024 - 07:53
 0
अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्यूज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । सेनाले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएको छ।

आइतबार बिहान सशस्त्र र मुखौटा लगाएका इजरायली सैनिकहरू प्रत्यक्ष प्रसारणको क्रममा भवनमा प्रवेश गरेका थिए ।

इजरायली सैनिकहरूले बन्द गर्न आदेश दिएको अल जजीराको वेस्ट बैंक ब्यूरो प्रमुख वालिद अल-ओमारीले जानकारी दिए ।

उनले आदेशपछि लाइभमै भने, “यस्ता पत्रकारहरूलाई लक्षित गर्ने उद्देश्य सधैँ सत्यलाई मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”

अप्रिलमा इजरायलको संसद्‌ले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिने कानून पारित गरेको थियो ।

मेको सुरुमा पनि नाजेरेथ र पूर्वी जेरुसेलममा रहेको अल जजिराको कार्यालयमा छापा मारिएको थियो । इजरायलले आइतवारको कारवाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register