पुर्जी जारीपछि घरबाट ननिस्किएका प्रसाईंलाई पक्राउ गर्न प्रहरी निवासमै पुग्यो (फोटोहरू)

काठमाडौं । वारेन्ट जारी भएको चारदिनसम्म घरबाट बाहिर ननिस्किएपछि भाइरलम्यान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घरमा प्रहरी पुगेको छ । पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले आफूविरुद्ध निगरानी बढाएपछि प्रसाईँ बाहिर नआएपछि साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोली घरभित्रै घुसेको हो । मध्यपुर ठीमी ६ कमेरेटारस्थित प्रसाईँको घरको गेट नखुलेपछि केही प्रहरी गेट नाघेरै भित्र गएका […]

Sep 22, 2024 - 10:57
 0
पुर्जी जारीपछि घरबाट ननिस्किएका प्रसाईंलाई पक्राउ गर्न प्रहरी निवासमै पुग्यो (फोटोहरू)

काठमाडौं । वारेन्ट जारी भएको चारदिनसम्म घरबाट बाहिर ननिस्किएपछि भाइरलम्यान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घरमा प्रहरी पुगेको छ ।

पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले आफूविरुद्ध निगरानी बढाएपछि प्रसाईँ बाहिर नआएपछि साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोली घरभित्रै घुसेको हो । मध्यपुर ठीमी ६ कमेरेटारस्थित प्रसाईँको घरको गेट नखुलेपछि केही प्रहरी गेट नाघेरै भित्र गएका छन् ।

तीन वटा भ्यानमा प्रहरी पुगेका छन् ।

संविधान दिवसको अघिल्लो दिन २ असोजमा पक्राउ पूर्जी जारी भएको थियो । तीन गर्ने प्रसाईँको सर्लाहीमा कार्यक्रम थियो । तर पक्राउ पर्ने डरले प्रसाईँ निस्किएनन् । अन्ततः चारदिनसम्म उनी बाहिर नआएपछि प्रहरी उनको गिरफ्तारीको लागि भन्दै घरमै भएको हो ।

साइबर अपराध गरेको कसूरमा काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंसहित ३ युट्यूबरलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखिरहेको थियो ।

यसअघि गिरफ्तारी दिने बताएका प्रसाईँले पछि भने पक्राउ पुर्जी खारेजीको माग गरिरहेका छन् । आफूले जनताको पक्षमा आवाज उठाएको कारण सरकारले पक्राउ गर्न खोजेको प्रसाईँको दाबी छ ।

तर, प्रसाईंले चरित्र हत्या गरेको भन्दै यसअघि साइबर ब्यूरोमा उजुरी परेको थियो । सोहीअनुसार विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register