‘सरुवा आतङ्क’ बन्द गर्न सरकारलाई सुझाव

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले ‘सरुवा आतङ्क’ बन्द गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले यस्तो आग्रह गरेका हुन् । “यो देशका सरकारी निकाय र संरचनाहरू अमूक संस्था वा व्यक्तिको बिर्ता नठान्न ध्यानाकर्षण गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा थप भनिएको छ, “प्रशासकीय नेतृत्वले सार्वजनिक प्रशासनमा देखाइएको […]

Sep 22, 2024 - 11:57
 0
‘सरुवा आतङ्क’ बन्द गर्न सरकारलाई सुझाव

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले ‘सरुवा आतङ्क’ बन्द गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले यस्तो आग्रह गरेका हुन् ।

“यो देशका सरकारी निकाय र संरचनाहरू अमूक संस्था वा व्यक्तिको बिर्ता नठान्न ध्यानाकर्षण गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, “प्रशासकीय नेतृत्वले सार्वजनिक प्रशासनमा देखाइएको सरुवा आतङ्क सम्बन्धमा आवश्यक नियन्त्रण कायम गर्न राज्य व्यवस्था तथा सुशासन समिति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य तथा सरकारको चौथो अङ्गको रूपमा रहेको सञ्चार जगत्, नागरिक सामाजलगायत सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण ध्यानाकर्षण गराउँदछौँ ।”

निजामती सेवा ऐनको मर्म र भावनाविपरीत कर्मचारी सरुवा गर्न थालिएको उल्लेख गर्दै गलत कार्य सच्याउन सङ्गठनको माग छ ।

“विभिन्न मन्त्रालय, विभाग, कार्यालयहरूमा रिक्त दरबन्दी राखी कर्मचारीहरूलाई कामविहीन बनाउँदै अतिरिक्त समूहमा राखी कर्मचारीहरूको मनोबल गिराउने गरी मच्चाइएको राज्य आतङ्क कानूनी शासनको प्रतिकूल देखिँदा उक्त कार्य अविलम्ब बन्द गरी हालसम्म भएका अनियमित सरुवासम्बन्धी सम्पूर्ण गलत कार्य तत्काल सच्याउन जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा थप भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register