एमाले नेताहरूको एकपछि अर्को प्रकरण : सचेतक बरालको ‘चुम्बन काण्ड’ले हलचल

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) की प्रतिनिधिसभा सचेतक सुनिता बरालको विवाहित पुरुषसँग चुम्बनलगायतका प्रेमालाप गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । सार्वजनिक तस्वीरमा सुनिताले एक पुरुषसँग चुम्बन, अङ्कमाललगायतका प्रेमालाप गरिरहेको देख्न सकिन्छ । कतिपय तस्वीर सुनिता आफैँले खिचेकी छन् भने कतिचाहिँ ती पुरुषले खिचेका छन् । तस्वीरमा सुनिता र ती पुरुष भिन्न-भिन्नै पोज र ड्रेसमा […]

Sep 22, 2024 - 10:41
 0
एमाले नेताहरूको एकपछि अर्को प्रकरण : सचेतक बरालको ‘चुम्बन काण्ड’ले हलचल

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) की प्रतिनिधिसभा सचेतक सुनिता बरालको विवाहित पुरुषसँग चुम्बनलगायतका प्रेमालाप गरिरहेका तस्वीर सार्वजनिक भएका छन् ।

सार्वजनिक तस्वीरमा सुनिताले एक पुरुषसँग चुम्बन, अङ्कमाललगायतका प्रेमालाप गरिरहेको देख्न सकिन्छ । कतिपय तस्वीर सुनिता आफैँले खिचेकी छन् भने कतिचाहिँ ती पुरुषले खिचेका छन् ।

तस्वीरमा सुनिता र ती पुरुष भिन्न-भिन्नै पोज र ड्रेसमा देखिन्छन्, त्यहाँबाट के पुष्टि हुन्छ भने उनीहरूले छुट्टाछुट्टै भेटमा यी तस्वीर खिचेका हुन् ।

ती तस्वीरबाट तीनवटा टिकटक भिडिओ बनाइएको छ । देखिएअनुसार ती भिडिओ ‘बिनी डट कार्की शून्य’ टिकटक अकाउन्ट ह्यान्डलबाट सार्वजनिक भएका छन् । तर, अहिले भने उक्त अकाउन्ट ह्यान्डल उपलब्ध छैन । हुनसक्छ, भिडिओ सार्वजनिक गरिएपछि उक्त अकाउन्ट ह्यान्डल डिएक्टिभ पारिएको हो ।

ती पुरुष गुल्मी स्थायी घर भएका पूर्वपत्रकार जितेन्द्र जीसी हुन् । उनी अहिले अमेरिकामा भएको बताइएको छ । उनी विवाहित र बालबच्चाका बाबु हुन् ।

सुनिता भने अविवाहित हुन् । उनी यसअघि एमाले भातृसङ्गठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष थिइन् । अध्यक्ष हुँदै केन्द्रीय सदस्य मनोनीत भएकी उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनिन् । यसपछि उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचेतक बनाएका थिए ।

तर, अहिले यी तस्वीर सार्वजनिक भएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । पार्टीका एक पदाधिकारीले नेपालभ्युजसँग सचेतक सुनिताको तस्वीरबारे सत्यतथ्य बुझ्ने र आवश्यक परे कारबाही गर्ने बताए ।

नाम उल्लेख नगर्ने सर्तमा ती पदाधिकारी भन्छन्, “सुरुमा त के हो भन्ने कुरा आउँछ । बुझ्छौँ, त्यसमा उहाँ (सचेतक सुनिता बराल) दोषी ठहरिनुभएछ भने पार्टीभित्र छलफल गरेर कारबाही गर्ने काम हुन्छ ।”

यसबारे बुझ्न सुनितालाई पटक-पटक फोन गर्दा रिसिभ भएन ।

एमालेभित्र एकपछि अर्को यस्ता प्रकरण

त्यसो त एमालेभित्र एकपछि अर्को गर्दै यस्ता प्रकरणहरू सार्वजनिक भइरहन्छन् । यसअघि नेतात्रय महेश बस्नेत, ऐन महर र गुलाबजङ्ग शाहको यस्तै प्रकरण सार्वजनिक भएको थियो । उनीहरूमाथि ‘एक्ट्रा अफेयर’ बनाएको आरोप थियो ।

महेश बस्नेतले शोभा पाठकलाई बानेश्वरमा फ्ल्याट लिएर राखेको र आफू पनि त्यही जाने/बस्ने गरेको प्रकरण सार्वजनिक भएको थियो । ती महिलाले पछि महेशबाट आफूलाई ‘ह्यारेसमेन्ट’ भएको बताउँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् तर, मुद्दा नै खारेज भयो । बरु उनी पक्राउ परिन्  ।

बायाँबाट दायाँ क्रमश: महेश बस्नेत, ऐन महर र गुलाबजङ्ग शाह ।

ऐन महर पनि यौन प्रकरणमा मुछिएका थिए । पार्टीप्रति शुभेच्छा राख्ने एक महिलालाई ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ गरेको आरोप उनीमाथि थियो । यसपछि उनलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बित गरी कारबाही गरेको थियो ।

अर्का नेता गुलाबजङ्ग शाहविरुद्ध पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो । पार्टीकै एक क्रियाशील सदस्यले पार्टीमा उजुरी गरेपछि जुलाबजङ्ग पनि कारबाहीमा परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register