माल्दिभ्स पठाइदिने भन्दै ५ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया जिल्ला वडैयाताल गाउँपालिका वडा नं.  ०१ घर भई हाल टोखा नगरपालिका वडा नं. ०३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वली रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ५ गते […]

Sep 23, 2024 - 07:33
 0
माल्दिभ्स पठाइदिने भन्दै ५ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया जिल्ला वडैयाताल गाउँपालिका वडा नं.  ०१ घर भई हाल टोखा नगरपालिका वडा नं. ०३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वली रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ५ गते टोखाबाट पक्राउ गरेको हो ।

वलीले एक जनालाई माल्दिभ्स पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register