रविको पक्षमा रास्वपा सडकमा निस्किएपछि सहकारी पीडितको पनि प्रदर्शन, दुवै समूह आमनेसामने

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेपछि सहकारी पीडितहरू पनि आन्दोलनको लागि पुगेका हुन् ।

Sep 23, 2024 - 07:37
 0
रविको पक्षमा रास्वपा सडकमा निस्किएपछि सहकारी पीडितको पनि प्रदर्शन, दुवै समूह आमनेसामने

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेपछि सहकारी पीडितहरू पनि आन्दोलनको लागि पुगेका हुन् ।

अहिले दुवै पक्षका प्रदर्शनकारी पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भएका हुन् ।

रास्वपाको प्रदर्शन

केही दिनअघि रास्वपाको बैठक चलिरहँदा उनीहरूले पोखरामा प्रदर्शन गरेका थिए । हिजो काठमाडौंमा पार्टी कार्यालयमा भिडभाड भए पनि पोखरामा थोरै मात्र कार्यकर्ता जम्मा भएका छन् ।

रविको पक्षमा पोखरामा रास्वपाको विरोध प्रदर्शन, कार्यकर्ताको उपस्थिति न्यून

दुवै समूहले चर्को रुपमा नारा लगाइरहेका छन् । सहकारी बचतकर्ताले रविविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सहकारी रकम अपचलन गर्ने रविलाई कारबाही गर’ र रास्वपाका कार्यकर्ताले ‘परिचालितहरू होसियार’ जस्ता नारा लगाएका हुन् ।

रास्वपाका कार्याकर्ताको भने सहकारी ठगेको कारण नभई लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरूको जिकिर छ ।

प्रदर्शनमा सहभागी रास्वपाका कार्यकर्ताले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारासहितका प्लेकार्ड बोकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register